दार्चुलाबाट एमालेको चुनावी अभियान सुरु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
2.3K
SHARES

१८ कार्तिक काठमाडौं। नेकपा (एमाले) ले आज शुक्रबारदेखि चुनावी अभियान सुरू गरेको छ। एमालेले सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट शुक्रबार चुनावी अभियान सुरू गर्न लागेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर शुक्रबार चुनावी अभियान सुरू गर्ने र सदरमुकाम खलंगामा बिहान ११ बजे आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। चुनावी दौडाहका क्रममा ओली ४० वटा जिल्लामा पुगेर त्यहाँ हुने सभालाई सम्बोधन गर्नुहुने एमालेले जनाएको छ। एमालेले निर्वाचन आयोगबाट मुख्य प्रचारक ओलीका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति लिइसकेको छ।