गोरखामा प्रचण्ड
१८ कात्तिक गोरखा। चुनावमा आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरु गरेका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन प्रचार प्रसारका आमसभा, र्यालीलगायतका कार्यक्रम गर्न छुट दिएसँगै दलहरुले देश दौडाहा सुरु गरेका हुन् ।
चुनावी प्रचारप्रसारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यतिवेला निर्वाचन क्षेत्र गोरखामा व्यस्त छन् । प्रचण्ड आज गोरखाको विभिन्न क्षेत्रमा आयोजन गरिएका चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रचण्ड कात्तिक २० गतेपछि गठबन्धनले आयोजना गर्ने प्रदेश सभाहरुमा व्यस्त हुने कार्यतालिका छ । अन्य दलका नेता तथा उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुग्दा देशभर निर्वाचनको माहोल बढेको छ । साथै निर्वाचन आयोगले पनि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भन्दै आफ्ना प्रतिनिधिहरुलाई अनुगमनमा तीव्रता दिन आग्रह गरेको छ ।