गोरखामा अन्य क्षेत्रका मनिसको भिडभाडले असन्तुष्ठि
१८ कार्तिक गोरखा। निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन प्रचार प्रसारका आमसभा, र्यालीलगायतका कार्यक्रम गर्न छुट दिएसँगै दलहरुले देश दौडाहा सुरु गरेका हुन् ।
चुनावी प्रचारप्रसारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यतिवेला निर्वाचन क्षेत्र गोरखामा व्यस्त छन् ।
प्रचण्ड गोरखाको विभिन्न क्षेत्रमा आयोजन गरिएका चुनावी सभामा आज सहभागी भएका छन्। यसै सन्दर्भमा आज गोरखाको परिदृष्यमा अलि फरक रहेको छ । गोरखाका जनता भन्दा अन्यत्रका मनिसहरूको ठूलै भिड आज गोरखाको विभिन्न कार्यक्रममा देखा परेको छ ।
यसै कुरालाई लिएर माओवादी केन्द्रका नेता देखि समान्य समर्थक सम्मले सामाजिक संजालमा यसको विरोध गरेका छन । नाम नखुलाउने सर्तमा एक माओवादीको केन्द्रको एक नेताले भने यस्तो कार्यले मत बढ्ने भन्दा घट्छ र यो गोरखाली जनताको अपमान समेत हो । यस्तो कार्यलाई तत्काल रोक्न पर्छ ।
