पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ – प्रमुख निर्वाचन आयुक्त


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
4.9K
SHARES

२० कार्तिक काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी आयोग अघि बढेको बताएका छन् ।

आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा उनले ठूलो प्राकृतिक विपत्तिबाहेक अरू कारणले मतदान स्थगित हुने अवस्था नहुने बताए । कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने उनले उल्लेख गरे ।

उनले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताए । सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिलाई नियमन गर्न समेत आयोग लागिपरेको उनको भनाइ छ ।