नयाँबजारबाट १० ‘जुवाडे’ पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
3.5K
SHARES

२० कार्तिक काठमाडौं। काठमाडौंको नयाँबजारबाट १० ‘जुवाडे’ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६, नयाँबजारस्थित गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई दुई लाख ४२ हजार रुपैयाँ, कौडा १६ र मोबाइल ११ वटासहित पक्राउ गरेको जनाइएको छ ।