विप्लव नेतृत्वको निर्वाचन विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
1.9K
SHARES

२० कार्तिक काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन साना दलले आसन्न निर्वाचनको विरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टीसहित ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

आउँदो मंसिर ४ गते हुने निर्वाचन खारेजी/बहिष्कारको निर्णय गर्दै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान पनि गरेका छन् ।

उनीहरूले निर्वाचनको विरोधमा देशका विभिन्न स्थानमा राजनीतिक सभा, विरोध प्रदर्शन गर्ने जनाएका छन् ।वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले अहिलेको व्यवस्थाको विरोध र नयाँ व्यवस्थाको सुरुआतका लागि आफूहरूले संघर्ष गर्ने बताए ।