मेरो नाम लिएर भोट नमाग्नु होला – मेयर हर्क साम्पाङ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २२ २०७९
2.4K
SHARES
२२ कात्तिक धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न मंसिर चारमा हुने निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् उम्मेदवारसमक्ष यस्तो आग्रह गरेका हुन्।
मेयर साम्पाङले आफूले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर अघि नसारेको पनि प्रष्ट पारे। ‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन। कसैले मेरो नाम लिएर भोट नमाग्नु होला। यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट