नेता विरोध खतिवडामाथि हातपात
२२ कार्तिक हेटौंडा। नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन्।
मकवानपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खतिवडालाई घरदैलो अभियानका क्रममा एक स्थानीयले हातपात गरेका हुन्।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडालाई गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए।
खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।