ओलीको घमण्डलाई मंसिर ४ गते जनताले धुलो पिठो बनाउछन् – नेता धिताल


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २२ २०७९
5.8K
SHARES

२२ कार्तिक गोरखा । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला ईन्चार्ज एबम गोरखा क्षेत्र न १ को क प्रदेशको उम्मेदवार कृष्ण धितालले एमालेलाई भोट हाल्नु भनेको प्रतिगमनलाई मलजल हाल्नु जस्तै हो भनेकोछन् ।आज गठबन्धनको चुनाबी अभियान अन्तरगत गण्डकी गाउँपालिकाको चुनाबी भेलामा सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदार धितालले नेकपा एमालेले जित्यो भने देशलाई बर्बाद र उल्टो दिशा लाने निश्चित भएको बताएका छन् । जनताको झण्डै झण्डै दुईतिहाई मतलाई लत्यार जनताको मर्म भन्दा ठिक उल्टो दिशामा गएर राज्यको सबै निकायलाई निकम्मा पारेर रमिता देखाएकाले अहिले निर्बाचनमा नेकपा एमाले र केपी ओलीको घमण्डलाई मंसिर ४ गते जनताले धुलो पिठो बनाउने बेला बताएका छन ।