एमालेले जाँड खुवाएर मान्छे पठाए – नेता खतिवडा


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २२ २०७९
2.9K
SHARES

२२ कार्तिक काठमाडौ ।मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्तालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् ।

मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरूले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरेका हुन् ।

हिम्मत भए आमनेसामने आऊ, राजाका विरुद्ध, केपीका विरुद्ध लड्ने ज्यान यही हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्र्याकखुत्रुक कुराहरूले फरक पर्दैन ।’ खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफै पछारिएको भन्दै  उनले यस्ता कुराले केही फरक नपर्ने बताए । केपीको ज्यादती र उद्दण्डताका विरुद्ध सधैँ लड्न तयार रहेको उनले बताए ।

मनहरी ४ मा मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो । मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन् । मदिरा सेवन गरी आएका व्यक्ति खतिवडाको नजिकै पुग्दा आफै लडेको बताउँदै उनको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको दलहरूको दाबी छ ।