मन्त्री एवं उमेदवार थापाको निधन


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २३ २०७९
5.1K
SHARES

२३ कार्तिक विराटनगर । प्रदेश नम्बर–१ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ ।

५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । थापा आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार समेत रहेका थिए । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–३ ‘क’बाट उमेदवार बनेका थिए ।

प्रबन्धक दाहालका अनुसार थापामा निमोनिया देखिएको थियो । पछि डेंगी संक्रमण पनि भएको थियो । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारपछि उनलाई मंगलबार विराटनगर ल्याएर नोबेलमा भर्ना गरिएको थियो । डेंगी निको भएपछि विराटनगर ल्याइएको जनाइएको छ ।