विप्लवका नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २४ २०७९
1.8K
SHARES

२४ कार्तिक काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ७५ जना नेता कार्यकर्ता प्रवेश गरेको दाबी गरेको छ।

प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने बताए। आसन्न निर्वाचन लक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिक सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न समेत निर्देशन दिए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित ७५ बढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीले जनाएको छ।