दिल खोलेर मतदान गर्नुहोला – प्रचण्ड
२५ कार्तिक गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल खोलेर मतदान गर्न गोरखाका मतदातालाई आग्रह गरेका छन्। शुक्रबार बिहान गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रचण्डले जितिहालिन्छ भनेर सोच्ने नभइ दिल खोलेर मतदान गर्नुपर्ने बताए।
‘मन खोलेर, दिल खोलेर स्वागत गर्नुभएको देखेँ। तलबाट माथि उक्लिँदै गर्दा तपाईंहरुले बनाएको गेटहरु हेर्दै जाँदा। तपाईंहरुले जुन मनोविज्ञान र भावनाका साथ हामीलाई स्वागत गर्नुभयो, त्यो उच्च लाग्यो मलाई कुनै कृत्रिम गरेको जस्तो लागेन,’ प्रचण्डले भने, ‘दिल खोलेर स्वागत गरेजस्तै मतदान पनि दिल खोलेर गर्नुहोला। जितिहालिन्छ भनेर अल्छी कसैले पनि नगरिदिनु होला।’