उम्मेदवार मियाँ माओवादी केन्द्रमा प्रवेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २५ २०७९
2K
SHARES

२५ कात्तिक गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोरखा-२ ख का उम्मेदवार रहेका सफिदिन मियाँ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सिरानचोकको हर्मीमा आयोजित कोणसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मियाँलाई माओवादी केन्द्रमा स्वागत गरेका हुन् ।

गठबन्धनको उम्मेद्बारलाई सहयोग गर्ने गरि मियाले आफ्नो उम्मेद्बारी निष्क्रिय पार्ने निर्णय गरेका हुन् । मियाले प्रचण्ड आफ्नो क्षेत्रबाट उम्मेदवार भएकोमा खुसी लागेको बताउदै अब गोरखाको विकास हुने भन्दै आफुले उम्मेदवारी निष्क्रिय पारेको बताएका छन् ।