राप्रपालाई भोट माग्दै मनिषाले गरिन यस्तो भाषण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २५ २०७९
3.1K
SHARES

२५ कार्तिक काठमाडौ ।आज नायिका मनिषा कोइरालाले राजा महेन्द्र र नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाबीच राम्रो सम्बन्ध रहेको दाबी गर्नुभएको छ । शुक्रबार राप्रपाले पोखरामा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

बिपीका नातिनीसमेत रहनुभएकी उहाँले भन्नुभयो “तपाईहरुलाई थाहा छ कि छैन, व्यक्तिगत रुपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ। किनकी उहाँहरुले सहकार्य गर्न पाउनुभएन। अहिले फेरि त्यो मौका आएको छ यो मौकालाई चुक्न नदिनुस ।”। मंसिर ४ को चुनावमा राप्रपालाई जिताएर अब उक्त मौका गुमाउन नहुने बताउनु भयो ।

बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति, राजसंस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको बाटो देखाएको र उक्त मुद्धा अहिले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको उहाँको भनाई छ । बिपीलाई अरुले बिर्सिए पनि राजेन्द्र लिङ्देनले सम्झिरहेकोले राप्रपाको लागि मत मागेको उहाँको भनाई छ ।