ओली एलओडी पुगेर र्‍याप गाए


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९
1.7K
SHARES

२६ कार्तिक काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गएराति ठमेलस्थित एलओडी नाइट क्लव पुगे । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवा थिए । जसले नारा लगाए– ‘केपी बा’ ।

ओली एलओडी पुग्नुको कारण थियो, र्‍याप गाउनु ।सहर सहरमा ओली र्याप क्लवमा घन्कियो । जसमा  एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ । जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू–भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ ।

ओली आफैँले पनि र्‍याप गाए, रमाइलो गरे । क्लवमा उपस्थित युवामा जोश भरे । र, आशन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको पक्षमा माहोल खडा गरे ।