रवि लामिछानेको गाडीमा आक्रमण


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २७ २०७९
2.3K
SHARES

२७ कार्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको हो । आक्रमणबाट सवारी चालक र एकजना सहयोगी सामान्य घाइते भएका छन् । ढुंगामुढा प्रहारले गाडीमा क्षति पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले गठबन्धनका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूसँग भिडियो पनि रहेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहोराले भिडियो सार्वजनिक गरेका छन् ।