अब गोरखाबाट मुलुकको कायापलट हुन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २७ २०७९
1.6K
SHARES

२७ कार्तिक गोरखा। नेपाल कम्युिनष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट मुलुकको कायापलट हुने बताएका छन्।

आज आइतबार गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित छेकम्पारमा आयोजित चुनावी सभा कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै उनले भने, “राजनैतिक क्रान्तिको उर्वर भूमी रहेको गोरखा जिल्ला आर्थिक परिवर्तनका लागि मुलुक कायापलट गर्ने जिल्ला हो, यहाँबाट उत्तर दक्षिण जोड्ने नाका छिटो भन्दा छिटो सञ्चालनमा ल्याइने छ।”

निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाइ र प्रदेशसभा उम्मेदवार नन्द प्रसाद न्यौपानेलाइ मन्त्री बनाएर गोरखाको विकासमा सहयोग गर्ने बताए।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यतिबेला संविधान पक्षधर र संविधानका विरोधीहरुको लडाइँ रहेकोले आफ्ना उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे। प्रचण्ड आज चुनावी सभालाइ सम्बोधन गर्दै जिल्लाको छेकम्पार, सामागाउँ, सिर्दीवास, माछाखोला, बारपाक , सहिदलखनको दौडाहामा रहेका छन्।