समानुपातिकमा १० लाख मत गन्दा कुन दलको हिस्सा कति ?


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९
2.3K
SHARES

७ मंसिर काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ ।

अहिलेसम्म पाएको मतलाई कुल सदर मत मानेर हिसाब निकाल्दा बढी मत ल्याउने १० दलमध्ये यी तीन दलबाहेक नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेसहोल्ड कटाएका छन् । जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी शीर्ष १० स्थानमा रहे पनि तीन प्रतिशत कटाउन सकेका छैनन् ।

तीन प्रतिशत मत कटाउन नसक्ने दल समानुपातिकमा सिट बाँडफाँटको प्रतिस्पर्धामा रहँदैनन् र उनीहरुबाहेक बाँकी दलको मतगणना गरिन्छ ।