कांग्रेसका बलायर विजयी, एमालेका भट्ट पराजित
७ मंसिर धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ ।
डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए । २०७४ सालमा बलायर डोटीमा प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।