माओवादीका माधव सापकोटाको जित सुनिश्चित


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९
2.3K
SHARES

७ मंसिर काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एकहजार ५८८ मत गणना बाँकी रहँदै नेकपा (माओवादी केन्द्र)का माधव सापकोटाको जित सुनिश्चित भएको छ ।

६७,९८३ मत गणना हुँदा उनी नेकपा (एमाले)का सरेश नेपालभन्दा तीनहजार ३३४ मतले अघि छन् ।सापकोटाले २९ हजार ७०३ मत पाउँदा नेपालले २६ हजार ३६९ मत पाएका छन् ।

सुरुवाती चरणमा निरन्तर अग्रता लिएका नेपालले अग्रता जोगाउन सकेनन् । यो निर्वाचन क्षेत्रमा अघिल्लोपटक पूर्वसभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।