५९ स्थानको नतिजा, कसले कहाँ जित्यो ?
८ मंसिर काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ५८ प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा २५ प्रतिनिधिसभामा जित हासिल गरेको छ ।
काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेस अहिले पनि ३२ निर्वाचन क्षेत्रमा अघि रहेको छ ।
कांग्रेस पछिपछि एमाले रहेको छ । एमालेले अहिलेसम्म १२ स्थानमा जित हासिल गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहितका १२ नेता अहिलेसम्म जित हासिल गरेका छन् । एमाले पनि ३२ स्थानमै अघि रहेको छ । ती स्थानमा मत गणना बाँकी रहेको छ ।