गैरेले पाण्डेलाई हराए
९ मंसिर काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार ठाकुर गैरे विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए ।
गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे । उनीहरूको जितहारको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ । अब केही बेरमा घोषणा हुने जनाइएको छ । ०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उमेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्वसहकर्मी पनि हुन् ।