पाँच दलीय गठबन्धनकै सरकार कायम रहन्छ – गृहमन्त्री खाँण


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ११ २०७९
1.6K
SHARES

११ मंसिर भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले चुनावी परिणाम पछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्ने बताएका छन् । चुनावमा पराजयपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खाँणले यो गठबन्धन आगामी पाँच वर्ष सम्म कायम रहने पनि बताए । प्रधानमन्त्री को बन्ने भन्ने कुरा भने शीर्ष नेताहरुको बैठकले टुंगो लगाउने पनि उनले स्पष्ट पारे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर प्रधानमन्त्री टुंग्याउने उनको भनाइ छ । उनले निर्वाचनमा आफ्नो पराजयलाई सहज रुपमा स्वीकारेको पनि बताए ।