एकीकृत समाजवादीको सचिवाल बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १३ २०७९
3.3K
SHARES

१३ मंसिर काठमाडौं। संघ र प्रदेशको निर्वाचन समिक्षा र आगामी रणनीति बनाउन एकीकृत समाजवादीले सचिवालेको बैठक बोलाएको छ । दिउँसो १२ बजेपछि बस्नेगरी बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकले चुनावको प्रारम्भिक समिक्षा गरी भावी कार्यक्रमको बारेमा रणनीति तय गर्ने उनले बताए । गठबन्धन गरेर निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि थ्रेसहोल्ड अझै कटाउन सकेको छैन ।

रामकुमारी झाँक्री, सोमप्रसाद पाण्डे, जगन्नाथ खतिवडा लगायतका नेताहरु पराजित भएकाले गठबन्धनभित्र धोकाको आशंका पनि नेताहरुमा रहेको छ ।