बाजुरा र स्याङजा–२ मा मतगणना गर्न आयोगको निर्देशन


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १४ २०७९
2.1K
SHARES

१४ मंसिर काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङजा–२ मा मतगणना गर्ने निर्णय गरेको छ । निर्णयसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिइएको छ ।

यी दुई निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै उजुरी परेको थियो । सोही कारण मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाका लागि मतदान भए पनि गणना भने हुन सकेको थिएन ।

निर्वाचन आयोगले टोली बनाएर घटनाको छानबिन गरी प्रविदेन आएपछि मतगणना गर्ने निर्णय गरेको आयुक्त रामप्रसाद भण्डारीले  जानकारी दिए । “आयोगले रोकिएका दुवै क्षेत्रको मतगणना गर्ने गरी निर्णय गरेको छ,” उनले भने ।