धनराज गुरुङलाई दुई हजार मतान्तरले अग्रता


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १५ २०७९
2K
SHARES

१५ मंसिर काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पदमा अर्यालसँगको मतान्तर दुई हजार पुर्‍याएका छन् ।

बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् । ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो ।