यस कारण बाजुरामा मतगणना रोकियो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १६ २०७९
1.8K
SHARES

१६ मंसिर बाजुरा। बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको छ। प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएपछि मतगणना रोकिएको हो।

यहाँ एमालेका पूर्वमन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बिहान साढे ७ बजे गराएको जानकारी अनुसार पाण्डेले ५ हजार ३ सय ९९ मत ल्याएर अगाडि छन भने उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले ४ हजार१ सय ३० मतका साथ पछ्याइरहेका छन्।