माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १८ २०७९
2.1K
SHARES

१८ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र आगामी सत्ता रणनीतिबारे छलफल हुनेछ ।

हिजो बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला राख्ने निर्णय गरेको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने बताइएको छ ।