बालुवाटार बैठकपछि सरकार निमार्णबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १९ २०७९
6.3K
SHARES

१९ मंसिर काठमाडौं । आम चुनावपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकका दुई एजेन्डा थिए : चुनाव समीक्षा र आगामी सरकार ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुवै एजेन्डामा निष्कर्षविहीन रह्यो ।

अहिले बालुवाटारबाट नेताहरु निस्कने क्रम जारी छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संक्षिप्त वार्तामा दिए यस्तो प्रतिक्रिया :आम चुनाव सफलतापूर्वक सम्पन्न भइसकेपछि आज हामीले सम्पूर्ण किसिमले छलफल गर्ने प्रयास गर्‍यौं । सानातिना समस्याहरुको बीचमा पनि चुनाव भव्य, शान्तिपूर्ण ढंगले आयोजना भएको छ । हामीले सबै मतदातालाई धन्यवाद दिने निर्णय गरेका छौं । कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन आयोग सबैलाई धन्यवाद दिँदै एउटा वक्तव्य पनि पास गरेका छौं ।

नागरिक समाज र तपाईंहरु मिडियालाई पनि हाम्रो धन्यवाद छ । चुनाव राम्रो भयो भन्ने बैठकमा कुरा भयो ।अवश्य कायम रहन्छ । चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन । अगाडि कसरी जाने भन्नेबारे खासै प्रश्नहरु छैनन् पनि । हामीले जे टुंगो लगाउँछौं, सहमतिमा टुंगो लगाउँछौं ।