आयोगले समानुपातिक सांसदको नामावलीमा आजबाट छानबिन गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २५ २०७९
3K
SHARES

२५ मंसिर काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आजबाट सुरु गर्दैछ । यदि क्लष्टर नमिलेको भए सच्याएर फेरी पेश गर्न दलहरुलाई आइतबार नै पत्राचार गर्ने आयोगले जनाएको छ । दलहरुले त्रुटि गरेको भए सोमबार सम्म नाम सच्याउन सक्नेछन् ।

निर्वाचन आयोगमा राजनीतिक दलहरुले समानुपातिक सांसदहरुको सूची शनिबार बुझाएका थिए ।आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ति नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछन्।