यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
1.6K
SHARES

२७ मंसिर काठमाडौं। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुई जना महिला सदस्य थप गर्ने निर्णय गरेको छ।

त्यस्तै गोदक-सोयाक १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

कालिगण्डकी करिडोर न्यू बुटवल बर्दघाट आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रामआधार साहलाई नेपाल इन्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टर तर्फको विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नेपाल इन्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टरतर्फका सचिव सुरेश आचार्यलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ।