आज नवनिर्वाचित सांसदहरूको शपथ
७ पुस काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा निर्वाचित सांसदहरूले आज शपथग्रहण लिदैछन्। संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज बिहीबार शपथग्रहण गराउने कार्यक्रम रहेको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे शपथग्रहण गराइने कार्यक्रम रहेको छ। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई हजो बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन्।
उनै ज्येष्ठ सदस्य राणाले अन्य सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने छन्। प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ (१) गरी कुल २७५ सांसदले शपथ लिदैछ।