कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा उपयुक्त हुन्छ – सांसद थापा


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ७ २०७९
1.9K
SHARES

७ पुस काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो ।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताए । सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा समेत राखे । उनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।