देउवा–प्रचण्ड वार्ता निष्कर्षविहीन, प्रधानमन्त्रीमा कसले मार्लान बाजी ?
९ पुस काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबी’चको छलफल शुक्रबार पनि निष्कर्षविहीन बनेको छ ।
स्रोतका अनुसार दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको हो ।
प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।
नेताद्वयबीच शनिबार अपराह्न पनि छलफल हुने छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार सकिँदै छ ।