देउवा र प्रचण्डबीच ‘वान टू वान’ वार्ता
१० पुस काठमाडौ । सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा पदाधिकारीहरुसँग छलफल गरेका थिए।
प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा कांग्रेसले आफ्नो अडान नछाडेपछि शनिबारको बैठक निष्कर्षविहीन भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६को उपधारा २ अनुसारको बहुमत पेस गरी सरकार गठनको आह्वान गरेको सात दिने समयसीमा आज सकिँदैछ।
सरकार गठनको विषयमा निर्णायक निष्कर्षमा पुग्नका लागि गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको स्रोतले जनाएको छ।