देउवाले बालुवाटार छाड्दै आज


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस ११ २०७९
2.5K
SHARES

११ पुस काठमाडौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १ सय ६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले

सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्। प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा रहेका छन्।