अर्थतन्त्रको पुनरूत्थान पहिलो प्राथमिकता – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १२ २०७९
1.3K
SHARES

१२ पुस काठमाडौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मंगलबार बिहान उनको निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ। सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका थिए।

सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराए। अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनले बताए।