आरआर क्याम्पसमा खुकुरी प्रहार, तीन घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १३ २०७९
2.7K
SHARES

१३ पुष काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा खुकुरी प्रहार भएको छ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन्।

भलिबल खेल्दा दुई पक्षबीच झडप भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले बताए। उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।