देउवाले छाडे बालुवाटार
१३ पुष काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन् । उनी बुधबार बिहान बालुवाटारबाट निस्किएका हुन् ।
बूढानीलकण्ठस्थित घर मर्मत जारी रहेकाले देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । पछिल्लोपटक ०७८ साउन २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । त्योसँगै देउवाले बालुवाटार छाडेका हुन् ।