राष्ट्रपति बनाउने बारे अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १४ २०७९
4.8K
SHARES

१४ पुस काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर हल्ला चलाइएको बताएका छन् ।

बिहीबार पार्टी जनवर्गीय संगठनको जुम बैठकमा अध्यक्ष नेपालले  एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर भ्रम फलाइएको बताएका हुन् ।

एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेको छ । के हो कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ,” नेपालले भने, “ती बजार हल्लामा कुनै सत्यता छैन । हल्लाको पछि लाग्नु हुँदैन ।”

उनले आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुनुपर्ने बताए ।अध्यक्ष नेपालले नेता घनश्याम भुसाल पार्टीमा आउन तयार रहेकोसमेत बताएका छन् । एमाले नेता भीम रावलसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी गराएको बैठकमा सहभागी नेताले बताए ।