अखिल (क्रान्तिकारी)को संगठन विस्तारितमा तीव्रता , आर.आर संयोजकमा कोइराला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १५ २०७९
5.9K
SHARES

१५ पुस काठमाडौ । नेकपा (माओवादी केन्द्र) को जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) विद्रोही समूहले केन्द्रीय कार्यालयको विस्तारित बैठक काठमाडौंको सिनामंगलमा सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी)लाई वास्तविक विद्यार्थीहरुको हातमा सुम्पनु पर्ने एजेन्डा सहित विद्यार्थी आन्दोलनलाई सशक्त बनाएर अगाडी बढाउन पन्चा नेतृत्वको अबैध कमिटी खारेज गरि अखिल (क्रान्तिकारी) को पुनर्गठन सहिक देशै भरि क्याम्पसहरूमा समेत समितिहरू निर्माण गर्ने विस्तारित बैठकले गरेको थियो ।

त्यसै अनुरूप आज राजधानीको निकै महत्वपूर्ण क्याम्पस आर.आरको संयोजक घोषणा भएको छ ।अखिल(क्रान्तिकारी) आर.आर. क्यांपस समितिको संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएकोमा क. कमरेड नवीन कोइरालाले प्राप्त गरेको छन ।घोषणा लगतै उनले अब छिट्टै समितिले पूर्णाता पाउने बताएका छन ।