मन्त्री श्रेष्ठले विज्ञसहितका तीनवटा समिति बनाएर काम गर्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १८ २०७९
3.7K
SHARES

१८ पुस काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विज्ञसहितको तीनवटा समिति बनाएर काम गर्ने बताएका छन् ।

मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री श्रेष्ठले जनताले महसुस गर्ने खालका काम गर्ने बताएका हुन् ।

माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएकाले पार्टीलाई स्थापित गर्ने गरी आफ्नो काम हुने उनको भनाइ छ ।

जनताको अहिले सरकारप्रति असन्तुष्टि व्यापक छ । हामीले जनताले अनुभूति गर्ने खालको काम गर्नुपर्ने छ । यसमा धेरै चुनौती पनि छन् । तर, हाम्रो फोकस भनेको सुशासन, भौतिक पूर्वाधारको विकास र यातायात क्षेत्रमा जनताले भोग्नुपरेको समस्या समाधानमा केन्द्रित हुनेछ,” उनले भने, “यसका लागि हामीले विज्ञसहितको सुशासन समिति, भौतिक पूर्वाधार विकास समिति र यातायात क्षेत्रमा सर्वसाधारणले भोग्नुपरेको समस्या समाधान समिति गठन गरेर काम गर्नेछौँ । अब हामीले परिणाममूखी काम गर्नुपर्ने छ । यसका लागि यी समितिले धेरै मेहनत गर्नुपर्ने छ ।”

भौतिक पूर्वाधारमा अत्याधिक व्यथिति भएकाले त्यसलाई समाधान गर्न आफूले भौतिक पूर्वाधार मन्त्रालय छनोट गरेको उनले बताए । यस क्षेत्रमा भएका समस्या सुक्ष्म ढंगले पहिचान गरी आफूले काम गर्ने पनि उनले प्रतिबद्धता जनाए ।