अखिल (क्रान्तिकारी)को संगठन विस्तारितमा तीव्रता , NCC अध्यक्षमा राय
१९ पुस काठमाडौ । नेकपा (माओवादी केन्द्र) को जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) विद्रोही समूहले केन्द्रीय कार्यालयको विस्तारित बैठक काठमाडौंको सिनामंगलबाट गरेको निर्णय अनुरूप संगठन विस्तारमा तीव्रता दिएको छ ।
त्यसै अनुसार आज राजधानीको नेपल कमर्स क्याम्पसमा १३ औं क्याम्पस सम्मेलनले गरेका छन् । संगठनको केन्द्रिय संयोजक पवन कार्कीको उपस्थितिमा उक्त सम्मेलन सपन्न भएको हो । नवनिर्वाचित समिति जस अनुसार छः
इन्चार्ज – अनु भुषाल
सह-इन्चार्ज – निर्देश बटाला,अमृत काफ्ले
अध्यक्ष :- सरोज राय
उपाध्यक्ष :- विमल लिम्बू
सचिव :- तीर्थ राज डुम्रे (राजेश)
सह सचिव :- दुर्गा देवी मैनाली, मनोज थापा, सर्गम रावत
कोषाध्यक्ष :- संगीत पौडेल
सहित ३५ सदस्य इकाई कमिटी निर्वाचित गरेको छ ।