६ किलो चरेस सहित जर्मन नागरिक पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
1.9K
SHARES

२९ जेठ काठमाडौं । एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । ती जर्मन नागरिकको राहदानी नम्बर c9wl4kwol हो ।

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो । त्यसपछि प्रहरीले लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको थियो । व्युरोका प्रहरी उपरीक्षक जोशीले उनको साथबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।