माल्टा पठाई दिन्छु भन्ने पालुङटारकी तामाङ पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २५ २०८०
2.8K
SHARES

२५ असार काठमाडौ । माल्टामा आकर्षक रोजगारीमा पठाई दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी पालुङटारकी एक महिला पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन् ।