बलात्कार आरोपमा इन्जिनियर हरि कुमार पोखरेललाई पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १२ २०८०
6.1K
SHARES

१२ साउन काठमाडौं । मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरि कुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले  बताए ।

घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिएन । त्रिुपरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए । उनी संलग्न बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो ।