सुन तस्करी प्रकरण : भियना होटलका सञ्चालक पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १४ २०८०
7.7K
SHARES

१४ साउन काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रक्ररणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ । ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको विभागले बतायो । सो होटलका सञ्चालक छिरिङलाई आइतबार बिहान विभागले पक्राउ गरेको हो । सो होटल उनको उनकी श्रीमतीको नाममा छ ।

विभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको हो । हंङकङबाट तस्करी भएर नेपाल आएको ठूलो परिमाणको सुनमा छिरिङलाई कनेक्सन देखिएपछि विभागले पक्राउ गरेको हो ।