नक्कली प्रमाण पत्रको आरोपमा डा. पुनम थापा पक्राउ
२६ साउन काठमाडौं । सुमेरु सिटी अस्पतालमा कार्यरत डा.पुनम थापा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै डा। पुनम थापा चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘नक्कली डाक्टर’ माथि चलाएको अपरेसनका क्रममा थापा शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।
पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।