सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोप


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २९ २०८०
2.6K
SHARES

२९ साउन काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्।

बैंकले नै उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि पक्राउ गरेको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ‘उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने जानकारी बैंकले दिएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने। प्रहरीले कर्मचारीलाई पक्राउ गरेर प्रमाणपत्रबारे अनुसन्धान अगाडि बढाएको छ।